काठमाडौँ जिल्ला, टोखा नगरपालिका वडा नं २ मा अवस्थित ३६ वर्षको पुरानो इतिहास बोकेको यस टोखा चण्डेश्वरी अस्पताल, वि.सं २०४५।३।२३ (ई.स. जुलाई ७, १९८८) मा “ टोखा उपस्वास्थ्य चौकी ” को नामबाट स्थापना र संचालन गरिएको थियो । वि.सं. २०६१/०४/२९ (ई.स. अगष्ट १३, २००४) मा यसको स्तरोन्नति गरी १५ शैयाको “ टोखा प्राथमिक स्वास्थ्य केन्द्र” को नामबाट थप सेवा शुरु गरिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०८/१८ को निर्णयअनुसार १० शैया थप गरी प्रदेश सरकार मातहत रहने गरी २५ शैयाको “टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र” को रुपमा संचालन गरिएको थियो । थप सेवा प्रदान गर्न बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको वि.सं. २०७७/११/१३ (ई.स. फेब्रुअरी २५, २०२१) को निर्णय अनुसार “टोखा चण्डेश्वरी अस्पताल” मा परिणत भएको थियो । हाल “टोखा चण्डेश्वरी अस्पताल” को नाममा २५ शैयाको अस्पतालको रुपमा यसले स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।