बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको अनुगमन
मिति २०८३/२/०७ गते प्रदेश सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका माननीय सदस्यहरू — माननीय ठाकुर प्रसाद ढकाल (सभापति), माननीय ईश्वर सापकोटा, माननीय उत्तम जोशी, माननीय उर्मिला कुमारी लामा, माननीय एका लाल श्रेष्ठ, माननीय कुमारी मुक्तान, माननीय गीता गुरुङ, माननीय क्षेत्र बहादुर बम्जन, माननीय तिर्थ बहादुर लामा, माननीय मिना पराजुली पोखरेल, माननीय रघुनाथ महर्जन, माननीय रमा आले मगर, माननीय रामकुमार पहाडी, माननीय लक्ष्मी घिमिरे, माननीय शकुन्तला श्रेष्ठ, माननीय शुष्पा भुजेल न्यौपाने, माननीय समिता खड्गी, माननीय सृजना सायजु, माननीय हरि प्रभा खड्गी (श्रेष्ठ) तथा माननीय हरि प्रसाद सापकोटाज्यूहरू मा हार्दिक स्वागत तथा सम्मान गरियो।कार्यक्रममा अस्पताल अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष श्री प्रकाश खड्गी ज्यू, समितिका सदस्य तथा वडा नम्बर २ का वडाध्यक्ष श्री धर्मेन्द्र श्रेष्ठज्यू, अस्पतालका कर्मचारीहरू तथा सेवाग्राही समेतको उपस्थिति थियो।
अस्पतालबाट प्रदान गरिँदै आएका सेवाहरूको बारेमा मे सु डा लक्ष्मण खड्काले जानकारी गराउनु भयो । साथै अस्पतालका विभिन्न समस्या, विशेषगरी जग्गा प्राप्ति , जनशक्तिको समस्या , उपकरणको अवस्था लगायतका विषयहरूको समाधानका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको थियो।