न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards - MSS) र सेवाको गुणस्तर मापन गर्न क्लिनिकल अडिट २०८२/८३

Government of Nepal

🎉टोखा चण्डेश्वरी अस्पतालको गौरवमय उपलब्धि: न्यूनतम सेवा मापदण्ड (MSS) र क्लिनिकल अडिटमा उत्कृष्ट नतिजा! 🎉

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा मिति २०८३ जेष्ठ ११ र १२ गते विज्ञ टोली सहित गरिएको न्यूनतम सेवा मापदण्ड (MSS) मूल्याङ्कनको नतिजा आज मिति २०८३ जेष्ठ १३ गते सार्वजनिक गरिएको छ।

प्राथमिक तह (२५ शय्या) को अस्पताल अन्तर्गत गरिएको यस मूल्याङ्कनमा हाम्रो अस्पतालले विगतका नतिजाहरूमा निरन्तर सुधार गर्दै यसपटक ऐतिहासिक ७४% अङ्क हासिल गर्न सफल भएको छ।

📈 हाम्रो क्रमिक सुधारको यात्रा:

विगतका मूल्याङ्कनहरू: ३१% ➡️ ६१% ➡️ ६३% ➡️ ६६%

यस वर्षको ऐतिहासिक उपलब्धि: ७४%

🏥 पहिलोपटक क्लिनिकल अडिट (Clinical Audit):

यसै वर्ष पहिलोपटक मापन गरिएको क्लिनिकल अडिट तर्फ अस्पतालले ८४.०३% को उत्कृष्ट अङ्क प्राप्त गरेको सहर्ष जानकारी गराउँदछौँ।

यस सुखद अवसरमा अहोरात्र खटिनुहुने अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ स्टाफ, प्रशासनिक कर्मचारी, व्यवस्थापन समिति तथा हामीलाई निरन्तर विश्वास र साथ दिनुहुने आम नागरिक एवं सरोकारवालाहरूमा हार्दिक आभार तथा बधाई ज्ञापन गर्दछौँ। आगामी दिनहरूमा स्वास्थ्य सेवाको गुणस्तरलाई अझ परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ।