मानवीय सेवा र समर्पणको उदाहरणीय कार्य!
मानवीय सेवा र समर्पणको उदाहरणीय कार्य! 💐🙏
विपत्तिको यस कठिन घडीमा टोखा चण्डेश्वरी अस्पतालका साना सवारी चालक श्री उत्तर कुमार गुरुङज्यू बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिएर प्रभावितहरूको सेवामा समर्पित हुनुहुन्छ।
उहाँले विषम् परिस्थितिमा पनि पूर्ण जोखिम मोलेर बाढी प्रभावित क्षेत्रबाट मृत शरीरहरू (मृतकका शव) सुरक्षित रूपमा व्यवस्थापन तथा ओसारपसार (Dead Body Transfer) गर्ने अत्यन्तै संवेदनशील र कठिन जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
अस्पताल परिवार उहाँको यस उच्च कर्तव्यनिष्ठा, साहस र निःस्वार्थ मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै हार्दिक सम्मान एवं धन्यवाद व्यक्त गर्दछ। संकटको बेला समाज र नागरिकका लागि देखाउनुभएको यो समर्पण हामी सबैका लागि प्रेरणादायी छ।